काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।
तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्