
काठमाडौं, पुष १ । पछिल्लो २४ घण्टामा १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १८ जनामा कोरोना परीक्षण गर्दा १८४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ११ हजार ५६७ जनाको मृत्यु भएको छ ।
त्यसैगरी २६७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमित संख्या ५ हजार ५२६ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्