काठमाडौं, माघ १५ । राष्ट्रियसभाअन्तर्गत्को दिगो विकास तथा सुशासन समितिले सरकारले अख्तियार गरेको दिगो विकासको लक्ष्यबारे विज्ञहरुसँग परामर्श गरेको छ ।
विकासका बहुआयामिक पक्षलाई कार्यान्वयन गर्न र स्थापित संयन्त्रहरुको प्रभावकारी नियमनका लागि पहलकदमी गर्न विज्ञहरुले समितिलाई सुझाव दिएका छन् ।
उनीहरुले सरकारलाई राष्ट्रियसभाप्रति नैतिकरुपमा उत्तरदायी र जवाफदेही बनाउन एवं सरकारबाट सम्पादित कार्य एवं गतिविधिको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन एवं सुझाव दिन समितिको ध्यानाकर्षण गरेका छन् ।
समितिका सभापति तारादेवी भट्टले दिगो विकासका लक्ष्य सम्बन्धमा हुने नीति, योजना, कार्यक्रम, बजेट र उपलब्धिको अनुगमन गर्दै दिशाबोध गराउनु समितिको दायित्व रहेको बताइन् ।
समितिका सदस्यहरुले संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी सूचक र नेपाल सरकार आफैंले बनाएको सूचकअनुसारका कामलाई अघि बढाउन थप छलफल आवश्यकता रहेको बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्