Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


रसुवागढी नाकाबाट केरुङ जान रोक


0
Shares

रसुवा, माघ १५ । ‘कोरोनाभाइरस’को संक्रमण नियन्त्रणका लागि भन्दै रसुवागढी नाकाबाट चीन प्रवेशमा १५ दिनका लागि रोक लगाइएको छ ।

चीनमा कोरोनाभाइरसको बढ्दो संक्रमण र केरुङतर्फ जाने सडकमा हिउँ परेर ढुंगाहरू खस्दा दुर्घटना हुनसक्ने भन्दै आवत–जावतमा रोक लगाइएको छ ।

दुवै देशका अधिकारीहरुबीच मंगलबार बसेको बैठकले मानिस तथा सवारी आवत–जावतमा रोक लागाउने निर्णय गरेको हो ।

नेपाल–चीन आगमन प्रस्थान अनुमतिपत्र लिएका रसुवाका स्थानीयलाई भने नाका पारीसम्ममात्र जान पाउने व्यवस्था मिलाइएको छ ।

नेपालबाट केरुङ जाने चिनियाँ नागरिकहरुलाई भने स्वदेश फर्कन रोक लगाइएको छैन ।