Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


ओरालो लाग्यो सुनको मूल्य


1.4k
Shares

काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनको मूल्य ओरालो लागेको छ भने चाँदी चाहिँ यथावत रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ५ सय रुपैयाँले ओरालो लागेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुन प्रतितोलामा ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य भने यथावत् रहेर १ हजार २ सय १० रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।