सिन्धुपाल्चोक । बाढी र भूकम्पपिडित माझीहरुले नयाँ घर पाउने भएका छन् ।
बाढी पसेर घर भत्किएका बाढीपीडित फेरि भूकम्पको थप पीडा भोग्न पुगेका सिन्धुपाल्चोक, इन्द्रावती गाँउपालिका–५, प्युघरका माझीहरु करिव १५ वर्षपछि आफ्नैै घरमा बस्न पाउने भएका छन् ।
आफ्नो जग्गामा बस्न नमिल्नेगरी इन्द्रावती नदीले बस्ती बगाएपछि साविक बाँडेगाँउ गाविस, प्यूघरका माझीहरु सामुदायीक वन फडाँनी गरेर बसोबास गर्न थालेका थिए ।
त्यसको १० वर्ष पुग्नैलाग्दा भुकम्पले सो घर पनि भत्काएपछि कष्टकर जीवन बिताइ रहेका ३६ माझी घरपरिवारले नयाँ घर पाउन लागेका हुन् ।
उनीहरुलाई नयाँ घरमा बस्न पाउने अवसर इन्द्रावती गाँउपालिकासहित महिला आत्मनिर्भर केन्द्र र अक्सफामले जुटाइदिएको हो ।
पुनर्निर्माण प्राधिकरणबाट जग्गा खरिदको लागि प्राप्तप्रति परिवार २ लाखमा भदौरेमा जग्गा खरिद गरी सोही जग्गामा एकीकृत बस्ती निर्माण भएपछि उनीहरु आफ्नै घरमा बस्न पाउने भएका हुन् ।
नेपाल सरकारको अनुदान सहयोग एवं गैससबाट आर्थिक सहयोग र गाँउपालिकाले पनि केही सहयोग गरेर बस्ती निर्माण भएको इन्द्रावती गाँउपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।
करिब २५ रोपनी जग्गामा दुई ब्लकमा गरी ३६ वटा घर निर्माण भएको र यसबाट आफूहरु सुरक्षित घरमा बस्न पाएकोमा माझीहरुले खुसी व्यक्त गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्