२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


संसद बैठक बस्दै,के गर्ला एमालेले ?


195
Shares

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ ।

अघिल्लो अधिवेशनमा पूरै समय प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै संसद चल्न दिएको थिएन । यो अधिवेशनमा के गर्ला एमालेले भन्ने सबैको चासो छ ।

संसदको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिने गरिएको छ । यो अधिवेशन कसरी अघि बढ्ला भन्ने यकिन तस्बीर देखिएको छैन । अहिले सभामुख सापकोटा सहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु कार्यव्यवस्था परामर्श समितको बैठकमा छन् ।

संसद बैठक २ बजे बस्दैछ ।