Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


चितवनमा भाले गैंडा मृत फेला


169
Shares

चितवन । चितवनको भरतपुर महानगरपालिका– १६ मा एउटा भाले गैंडा मृत फेला परेको छ । सिद्धिगणेश सामुदायिक वनबाट करिब ५ सय मिटर पूर्वतर्फ विजयनगरको गणेश मन्दिर जानेबाटो छेउमा करिब १६ वर्षको गैंडा मृत भेटिएको हो ।

मृत गैडा भेटिएपछि प्राविधिकको टोलीबाट पोष्टमार्टम गरिने र मारिएको या कालगतीले मरेको भनेर पछि थाहा हुने बताईएको छ । गैंडाको खाग र खुरसहित सबै अंगहरु सुरक्षित छ । मृत गैंडाको शरिरमा कुनै चोट पनि देखिएको छैन ।