२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


टेक्ससमा गोली प्रहार : एक जनाको मृत्यु, १४ जना घाइते


390
Shares

काठमाडौं । अमेरिकाको टेक्ससमा अज्ञात ब्यक्तिले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते भएका छन् । घाइते मध्य ३ जनाको अवस्था गम्भीर रहेको छ ।

टेक्ससको भिडभाड क्षेत्रमा बन्दुक सहित प्रवेश गरेका ब्यक्तिले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गरेको हो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटना लगत्तै ती ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।