२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


अमेरिकामा आँधी : खोजी जारी, मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुको भनाइ


26
Shares

एजेन्सी । अमेरिकामा टोर्नाडोले गम्भीर रुपमा प्रभावित भएका ६ राज्यमा भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको छ । शक्तिशाली टोर्नाडोले ६ राज्यमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ ।

दर्जनौं सर्वसाधारण अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ । उनीहरुको जीवितै उद्धारको सम्भावना निकै कम रहे पनि उद्धारकर्मीहरुले प्रयास जारी राखेको बताइएको छ । केन्टकीसहितका ६ राज्यमा कम्तीमा ३० वटा टोर्नाडोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको हो ।

केन्टकीमा कम्तीमा ८० सहित अहिलेसम्म कम्तीमा ९४ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । टोर्नाडोका कारण केन्टकी, अर्कान्सा, इलिनोइ, मिजुरी, मिसिसिपी र टेनिसीमा जनजीवन प्रभावित भएको छ । मृत्यु हुनेको संख्या १०० भन्दा बढी पुग्ने अनुमान गरिएको छ ।

टोर्नाडोले मैनबत्ती उद्योगसहितलाई ध्वस्त पारेको छ । भत्किएका भग्नावशेषहरुमा उद्धारकर्मीले फसेकाहरुको खोजी गरिरहेका छन् । केन्टकीको मेफिल्ड टाउन टोर्नाडोका कारण सबैभन्दा धेरै प्रभावित भएको छ । टोर्नाडोका कारण १०० भन्दा बढी उद्योगमा असर परेको समाचारमा जनाइएको छ । टोर्नाडोका कारण विद्युत तथा पानी सेवा प्रभावित भएको छ भने दसैं हजार मानिस पानी तथा बिजुलीको अभावमा छन् ।