काठमाडौं, माघ १३ । सभामुख पद सम्हालेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले आफू दलको सदस्यबाट अलग रहेको घोषणा गरेका छन् ।
उनले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्षरुपमा निर्वाह गर्न आफू दलबाट अलग रहेको घोषणा गरेका हुन् ।
‘नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अबउप्रान्त आजैको मितिदेखि मेरो संलग्नता नरहेको व्यहोरा अनुरोध गर्दछु’–सभामुखद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ–‘नेकपाको सदस्यबाट पनि अलग रहेको जानकारी गराउँदछु ।’
नेकपा स्थायी कमिटी सदस्य सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।
उनले सोमबारै पद तथा गोपनीयताको शपथ लिइ सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेका थिए । रासस









प्रतिक्रिया दिनुहोस्