Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


बोलेर मात्रै होइन गरेर देखाउँछु : प्रकाशमान सिंह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले आफूले बोलेर मात्र नहिड्ने बताउनुभएको छ ।

शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले आफूले बोलेर मात्र नभइ कामै गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । पार्टीलाई गतिशील बनाउन विधानअनुसार आफूले सक्रिय रहेर काम गर्नेसमेत उहाँले बताउनुभयो ।

‘नेतृत्व परिवर्तनको आवश्यकता छ, मलाई विश्वास छ, बोलेर मात्रै होइन गरेर पनि देखाउन सक्नुपर्छ, त्यो गर्छु’, उहाँले भन्नुभयो, ‘पार्टीलाई भरपर्दो पार्टीको रुपमा नेपाली जनताले चिनेको छ, त्यो विश्वास कायम गर्न भूमिका खेल्छु ।’

सिंहले सभापति शेरबहादुर देउवालाई पार्टीलाई विधानअनुरुप नचलाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नटेर्ने गरेको उहाँको गुनासो छ

पत्रकार सम्मेलनमा सिंहले आफ्नो चुनावी अवधारणापत्र समेत सार्वजनिक पनि गर्नुभएको थियो ।