Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


कांग्रेस केन्दीय समिति बैठक आज : महाधिवेशन कार्यतालिका संशोधनबारे छलफल हुने


0
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टीको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका संशोधनसहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश हुने बताइएको छ ।

महाधिवेशनको कार्यतालिकाको विषयलाई लिएर कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद शीर्ष नेताको बैठकले टुंग्याएपछि केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

यसअघि केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको रामचन्द्र पौडेल समूह पनि आजको बैठकमा सहभागी हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

आउँदो वर्ष फागुन ७ देखि १० गते महाधिवेशन गर्ने मिति यतावत राखेर आन्तरिक कार्यतालिका संशोधन गर्ने सहमति शीर्ष नेताबीच भएपछि आज बस्ने बैठकमा संशोधित कार्यतालिका पेश हुनेछ ।

यसअघि शुक्रबार बसेको शीर्ष नेताले बैठकले आन्तरिक कार्यतालिका परिमार्जन गरी प्रस्ताव पेश गर्न महामन्त्रीद्धय डा. शशांक कोइराला र पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको थियो ।

कांग्रेसमा भदौमा स्थानीय अधिवेशन गर्ने गरी कार्यतालिका संशोधनको तयारी भइरहेको नेताहरुले बताएका छन् ।

पुस ११ गतेको केन्द्रीय समिति बैठकले अर्को वर्ष मंसिरमा स्थानीय अधिवेशन गर्ने गरी कार्यतालिका पारित गरेको थियो ।