Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


कांग्रेसलाई शुभकामना दिन विभिन्न राजनीतिक दलका शीर्ष नेता भृकुटीमण्डपमा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई शुभकामना दिनका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू महाधिवेशन स्थल पुग्ने क्रम जारी छ ।

काठमाडौंको भृकुटीमण्डपमा सुरु हुन लागेको महाधिवेशनलाई सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमार्चाका उपाध्यक्ष दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका शीर्ष नेताहरू पुगिसक्नुभएको छ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भने एमालेको एक कार्यक्रममा व्यस्त हनुहुन्छ । त्यहाँको कार्यक्रम सकेर ओली पनि भृकुटी मण्डप पुग्ने जनाइएको छ । कार्यक्रममा भारतका सत्ताधारी र विपक्षी दलका नेताहरु पनि पुग्नुभएको छ ।

शुक्रबारबाट सुरु हुने कांग्रेसको १४औं महाधिवेशन आइतबारसम्म चल्नेछ ।