२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


नेपाल लाइफले ल्यायो “नेपाल लाइफ समुन्नत जीवन” बीमा योजना


0
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना ल्याएको छ । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा योजना हो ।

विकासोउन्मुख देश र भौगोलिक बनावटका कारण नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ । साथै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका जोखिमयुक्त पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर यो बीमा योजना ल्याएको कम्पनीले जनाएको छ ।

यस योजनामा बीमा अवधि भित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानि प्राप्त गर्न सक्ने विशेषता रहेको जनाइएको छ । यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्तिले लिन सक्ने कम्पनीले जनाएको छ ।