
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजार नजिक गएको पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ ।
स्थानीय तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिँदा चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तीर्थ बोहराको घरमा भाडामा बस्दै आएका सिताला लोहार उनका छोरीहरु भगवती, रन्जना र मनिषा रहेका छन् ।
पहिरोमा परेर ८ वर्षीया बालिका नम्जा बोहोराको पनि मृत्यु भएको छ । तीर्थ र उनकी अर्की छोरी पुष्पाले भनेर भागेर ज्यान जोगाएका छन् ।
त्यसैगरी गोपाल सुनारको घरमा पुरिएका अन्य चार जनाको भने खोजी भइरहेको प्रहरी जनाएको छ ।
घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको र उद्धारको काम भइरहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्