
काठमाडौं, मंसिर २० । बुटवल-नारायणगढ सडकखण्डको निर्माण कम्पनीले म्यादथप गर्न सरकारसँग माग गरेको छ ।
निर्माणाधीन सो खण्डमा कोरोना संक्रमण, लगातारको वर्षासँगै ‘साइट क्लिरियर’मा ढिलाइ भएपछि कम्पनीले दुई वर्ष समया थप गर्न आग्रह गरेको हो ।
निर्माण कम्पनीले सोे खण्डमा हालसम्म करिब ११ प्रतिशत मात्रै काम भएको जनाएको छ । त्यहाँ दैनिक ५ सय कामदारले काम गरिरहेको र साइट क्लिरियर गर्ने काम भइरहेको बताइएको छ ।
निर्माण कम्पनीसँग २०२२ अगष्टसम्म काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो । अहिले दुई वर्ष थप गरेर आगामी २०२४ अगष्ट २४ सम्मको म्याद थप गर्न माग गर्दै निवेदन आएको सडक आयोजनाले जनाएको छ ।
दाउन्नेलगायतका केही ठाउँमा रुख कटान चलिरहेको छ । सो सडक चार लेनमा विस्तार हुनेछ भने सहरी क्षेत्रमा अतिरिक्त सर्भिस लेनसमेत निर्माण हुने बताइएको छ ।
यस सडकको अधिकांश भाग वन क्षेत्रमा पर्ने भएकाले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पुलसमेत निर्माण हुने गरी ठेक्का सम्झौता भएको थियो ।
बाटो विस्तारको कामले सवारी साधन घण्टौ जाममा पर्दा यात्रुहरुले कष्ट व्यहोर्न परेको छ ।
प्रतिक्रिया दिनुहोस्