Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गर्नुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, तेजाब तथा अन्य घातध रासायनिक पदार्थ (निमयन) अध्यादेश जारी गर्नुभएकाे हाे ।

त्यस्तै, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश पनि उहाँले जारी गर्नुभएकाे छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको यी अध्यादेश संसदले अनुमोदन नगर्दा निष्क्रिय भएका थिए । अहिले फेरि संसद सञ्चालनमा नभएको बेलामा अध्यादेश ल्याइएको हो ।