Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


‘धार्मिक भ्रमण’ भन्दै उद्घाटनमा ल्याइयो


169
Shares

काठमाडौं । एमाले १० औं महाधिवेशन उद्घाटन सत्रमा हिभागिता मात्रै होइन, कतिपय यसबारे ‘अनभिज्ञ’ रहेको पाइएको छ । ‘देवघाट दर्शनको लोभ देखाएर दिनभर महाधिवेशनमा प्रयोग गरिएको’ गुनासोसमेत आउन थालेका छन् । उनीहरुकै भनाइ आधार मान्ने हो भने निस्शुल्क यात्रा र खानाको लोभमा देवधाट दर्शनका नाममा आफूहरुलाई चितवन ल्याइएका’ हुन् ।

‘हामी सित्तैमा देवघाट घुम्न पाउने आशाले आएका हौं,’ काभ्रेपलाञ्लान्चोककी राधा दाहालले सुनाइन्, ‘त्यसैले परिवारसहित आइपुगेका छौं ।’ ‘राजनीतिक रुपमा नेपाली कांग्रेससँग अस्था’ राख्ने सिन्धुलीका धुव घिमिरे ‘एमाले प्रतिनिधि’ हुने त प्रश्न उठ्दैन । तर पनि उनी एमाले महाधिवेशन उद्घाटन समारोहमा उपस्थित भए ।

परिवारसहित देवघाट दर्शन गर्न पाउने भएपछि एमालेले व्यवस्था गरेको गाडी चढेर देवघाट आइपुगेको घिमिरेले बताए । ‘सित्तैमा देवघाट घुम्न पाउने भएपछि राजनीतिकभन्दा पनि धार्मिक आस्थाले आएका हौं,’ देवघाटको त्रिवेणी धाम स्नान गरिरहेका घिमिरे भन्छन्, ‘मजस्तै अरु पनि यसैगरी, आएका हुन् ।’

त्यस्तै, कास्कीका दुर्गाप्रसाद अधिकारीलाई पनि ‘देवघाट घुम्न जाने’ भनेर बोलाइएको हो । उनलाई स्थानीय एमाले कार्यकर्ताले ‘बिहीबार राती खाना खाएर हिड्ने र बिहानै देवघाट त्रिवेणी धाममा स्नानपछि मन्दिर दर्शन गरेर फर्कने’ बताएर महाधिवेशनस्थल ल्याएका हुन् ।

राजधानी