Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


पाँचथर जिल्लामा मालपोत कार्यालयद्वारा घुम्ती शिविर सेवा सञ्चालन


13
Shares

पाँचथर । घर आँगनमै सेवा प्रवाह गर्ने उद्धेश्य राखी पाँचथर जिल्लामा मालपोत कार्यालयले घुम्ती शिविरबाट सेवा दिन थालेको छ ।
असाहाय, अशक्त, एकल, जेष्ठ नागरिक लगायत सबैलाई घर आगँनमै सेवा प्रवाह गर्ने उद्देश्यले शिविरबाट सेवा दिन थालिएको जिल्ला मालपोत कार्यालय पाँचथरका कार्यालय प्रमुख बाबुराम पोख्रेलले बताउनुभयो ।

प्रत्येक पालिकामा एक हप्तासम्म सञ्चालन हुने शिविरमा अंशबण्डा, धनी पुर्जा वितरण, नामसारी, बकस पत्र, दृष्टिबन्धक, भोगबन्धक, लिखित पारित जग्गाधनीको विवरणलगायत सम्बन्धी सम्पूर्ण सेवा दिइने जिल्ला मालपोत कार्यालय पाँचथरका प्रमुख पोख्रेलले बताउनुभयो । गाउँपालिकाको समन्वय तथा जिल्ला मालपोत कार्यालयको प्राविधिक सहयोगमा शिविर सञ्चालन आएको हो ।