२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अस्पतालको तेस्रो तलाबाट हाम फालेर बिरामीले गरे आत्महत्या


0
Shares

काठमाडौं । उपचार गरेको बिल तिर्न नसकेपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा एक बिरामीले तेस्र ो तलाबाट हाम फालेर आत्महत्या गरेका छन् । धनपालथान गाउँपालिका १ का शिवकुमार मण्डलले मृतयु रोजेका हुन् । अस्पताल प्रशासानले भने घटनामा आफूहरुको कुनै गल्ती नभएको दाबी गरेको छ ।

छारेरोगको उपचारका लागि मण्डल ४ मंसिरमा अस्पताल भर्ना भएकोमा ७ गते अस्पतालले डिस्चार्ज गर्ने निर्णय गरेको थियो । तर, अस्पतालमा उनको बिल तिर्न बाँकी थियो । करिब ३६ हजार खर्च भएकोमा १९ हजार तिर्न नसकेपछि अस्पतालले बन्धक बनाएको र सोही कारण मण्डलको दाबी छ । मृतकको आर्थिक अवस्था निकै कमजोर रहेको उनले बताए । विहान ६ बजे उनले अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । उपचारको क्रममा चार घन्टापछि उनलाई मृत घोषणा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

‘परिवारले बिल तिर्न बाँकी थियो, अस्पतालको लापरवाहीका कारण आत्महत्या गरेको बताएको छ, अस्पताल प्रशासनले आफ्नो कुनै गल्ती नभएको दाबी गरेको छ । हामी घटनाको अनुसन्धान गर्दै छौं,’ मोरङका एसपी जनार्दन बिसीले भने । ७ मंसिरमै डिस्र्चाज भए पनि तीन दिनसम्म अस्पतालमै रहनुले बिरामीको पारिवारले पैसा तिर्न नसकेको देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । उपचार खर्च तिर्न नसक्दा तथा अन्य कारणले नेपालका अस्पतालमा पटक पटक बिरामीले आत्महत्या गरेका छन् ।

नयाँ पत्रिका