Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


‘एमसीसी’ मुलुकको हितमा, स्वीकार गर्नुपर्छ : कमल थापा


0
Shares

हेटौंडा, माघ ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अमेरिकाको ‘एमसीसी’अन्तर्गत्को ५० अर्ब रुपैयाँको आर्थिक सहयोग मुलुकको हितमा रहेकाले स्वीकार गर्नुपर्ने बताएका छन् ।

शनिबार हेटौंडामा आयोजित एक कार्यक्रममा बोेल्दै अध्यक्ष थापाले नेपालको पूर्वाधार विकासमा नेपालका सबै दलले पटक–पटक अमेरिकी सरकारलाई आग्रह गरेकाले सहयोग स्वीकार गर्नुपर्ने धारणा राखे ।

ठूला दलहरूका केही नेताहरूले एमसीसीलाई विवादको विषय बनाउनु दुर्भाग्यपूर्ण रहेको उनको ठहर थियो ।

प्रदेशको राजधानी हेटौंडा र नाम वाग्मतीलाई पारित गरेकामा प्रदेशसभा र मुख्यमन्त्रीप्रति अध्यक्ष थापाले आभार प्रकट गरे ।