काठमाडौं । सत्य निरुपण तथा वेपत्ता छानविन आयोगलाई पूर्णता दिन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस सहमत भएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार भएको बैंठकमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगलाई पूर्णता दिने विषयमा सहमति भएको हो ।
बैठकमा सहभागी नेपाली कांग्रेसक नेता रमेश लेखकले ऐन, कानुनको संशोधनमा सरकार सकारात्मक देखिएकाले कानुन निर्माण प्रकृयालाई अगाडि बढाउने सहमति भएको बताए ।
उनले आयोग पदाधिकारी सिफारिस समितिले रिक्त पदमा पदाधिकारी सिफारिस गरोस् र त्यसलाई क्याबिनेटले नियुक्तिको प्रक्रिया अगाडि बढाओस् भन्नेमा नेताहरु सहमत भएको बताए ।
करिब एक वर्षदेखि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आयोगहरु पदाधिकारीविहीन छन् ।
सत्य निरुपणसम्बन्धी कानूनसमेत विवादित भएको अवस्थामा शुक्रबरको बैंठकले कानुनी अड्चन फुकाएको छ ।
द्वन्द्व पीडितहरुका संगठनहरुले आफूहरुसँग परामर्श नगरी कानून बनाउन नहुने भन्दै बिरोध गर्दै आएका छन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविन आयोग दुबैका पदाधिकारी छनोटका लागि सिफारिस समितिले तयार पारेको नामावलीमा नेताहरुबीच थप छलफल गर्ने सहमति भएको छ ।









प्रतिक्रिया दिनुहोस्