Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


सभामुख निर्वाचन प्रक्रिया अघि बढाउन कांग्रेसको माग


0
Shares

काठमाडौं, माघ ३ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तत्काल सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेको छ ।

कांग्रेस संसदीय दलको शुक्रबार सिंहदरबारमा बसको बैठकले सत्तारुढ दललाई सभामुख चयनको प्रक्रिया सुरु गर्न आग्रह गरेको हो ।

राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सभामुख र उपसभामुख फरक–फरक हुने संवैधानिक व्यवस्थाअनुसार कांग्रेसको पनि सभामुखमा दाबी रहने र सत्तारुढ दलसँग छलफल गरेर अघि बढ्ने बताए ।

बैठकले राष्ट्रियसभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्न अरु दलहरुलाई आग्रहसमेत गरेको छ ।

यस्तै, कांग्रेस बैठकले ‘एमसीसी’ सहयोगलाई चालू अधिवेशनबाटै अनुमोदन गर्नका लागि कांग्रेसले पहल गर्ने निर्णय गरेको पनि पाण्डेले बताए ।