Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


आयोगलाई पूर्णता दिनेबारे नेकपा र काँग्रेसका नेताबीच छलफल, पदाधिकारीमा अझै जुटेन सहमति


0
Shares

 काठमाडौं । सत्य निरुपण तथा वेपत्ता छानविन आयोगलाई पूर्णता दिन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको छलफलमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगलाई पूर्णता दिने विषयमा छलफल केन्द्रीत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेता सुवास नेम्वाङ, खिमलाल देवकोटा, प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेताहरू रमेश लेखक, मिनेन्द्र रिजाल सहभागि थिए ।

सातवटै प्रदेशमा आयोगबारेको विधेयकको मस्यौदामा द्वन्द्वपीडितसँग परामर्श गर्ने बिषयमा पनि नेताहरुबीच छलफल भएको थियो । नेताहरुबीच सहमति जुटाउन भोलि पुनः बैठक बस्ने बताइएको छ ।