२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


…नत्र हुन सक्छ मधुमेह


0
Shares

काठमाडौं । तपाईंको जीवनशैली कस्तो छ रु खानपान स्वस्थकर छ रु राति खाना खाएको कति घण्टापछि सुत्नुहुन्छ रु जीवनशैली र खानपान स्वस्थ छैन भने बेलैमा सुधार्नुहोस्। नत्र, मधुमेह ९डायबिटिज० ले जीवनभर पिरोल्न सक्छ।

घर–घरमा मधुमेहका बिरामी देखापर्न थालेका छन्। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म मधुमेहको मारमा छन्। वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा। ज्योति भट्टराईका अनुसार प्रौढ जनसंख्यामध्ये झन्डै ८ प्रतिशतमा मधुमेह भएको अनुमान छ। यस रोगले औसतमा १३ वर्ष आयु घटाउने चिकित्सकहरू बताउँछन्। बढ्दो आधुनिकीकरण एवं सहरीकरण, अस्वस्थ जीवनशैली र खानपानले मधुमेह पीडितको संख्या बढ्दै गएको डा। भट्टराईको भनाइ छ। मधुमेहले मस्तिष्क, आँखा, मुटु, मिर्गौला, नसालगायत शरीरका महत्वपूर्ण अंगहरूमा असर गरी ज्यान लिने चिकित्सक बताउँछन्।

‘मधुमेह भयावह किमिसले बढिरहेको छ,’ वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। ऋषिकुमार काफ्ले भन्छन्, ‘विज्ञले दिएका सुझावहरू व्यवहारमा लागू गरे बच्न र नियन्त्रण गर्न सकिन्छ।’ मिर्गौला फेल भएर डायलाइसिस गराइरहेका वा प्रत्यारोपणको तयारीमा रहेका मिर्गौलाका बिरामीमध्ये झन्डै ४० प्रतिशतमा मधुमेह भएको डा। काफ्ले बताउँछन्।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा। प्रकाश सायमीका अनुसार हृदयघात भएकामध्ये ३० देखि ४० प्रतिशत व्यक्तिमा मधुमेह पाइएको छ। ‘मधुमेहीलाई हृदयघातपछिको जटिलता उच्च हुन्छ,’ डा। सायमीले भने, ‘सामान्य व्यक्तिभन्दा मधुमेहका बिरामीलाई हृदयघात भए मृत्य हुने जोखिम बढी हुन्छ।’

मधुमेह दुई किसिमको हुन्छ। जसलाई चिकित्सकहरूले टाइप–१ र टाइप–२ मधुमेहका रूपमा वर्गीकरण गरेका छन्। मधुमेह रोग विशेषज्ञ डा। भट्टराईका अनुसार, बेलैमा मधुमेह नियन्त्रण गर्न सके आँखा, मुटु, मिर्गौलालगायतका अंग जोगाउन सकिन्छ।

अन्नपूर्ण