१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


क्षतिको विवरण संकलन नहुँदा बैतडीमा राहतमा ढिलाइ


0
Shares

बैतडी । बेमौसमी वर्षाले पुर्‍याएको क्षतिको विवरण संकलन हुन नसक्दा जिल्लामा राहतमा ढिलाइ भएको छ ।

यहाँका भौतिक संरचना, अन्नबालीलगायतका क्षेत्रमा वर्षाले क्षति गरेको छ । तर, हालसम्म पनि जिल्लाका के कति क्षति गरेको भन्ने पूर्ण विवरण आउन सकेको छैन ।

एक महिना बितिसक्दा समेत जिल्लाभरी के कति क्षति भयो भन्ने विवरण संकलन हुन नसक्दा राहतमा ढिलाइ भएको हो ।

गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाले पहिरो खस्दा चार जनाको मृत्यु भएको थियो ।

वर्षाले डडेल्धुरामा एक अर्बभन्दा बढी क्षति भएको अनुमान गरिएको छ ।