
तस्वीरः फाइल
काठमाडौं । कानून व्यवसायीहरुले मूल गेटमा धर्ना दिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अर्काे गेटबाट सर्वोच्च अदालत भित्र प्रवेश गर्नुभएको छ ।
प्रधानन्यायाधीश राणाकाे राजीनामा माग गर्दै कानून व्यवसायीहरुले शुक्रबार बिहानैदेखि सर्वोच्चको मूल गेटमा धर्ना दिएपछि उहाँ धर्ना छलेर सर्वाेच्च अदालतमा प्रवेश गर्नुभएकाे हाे ।
१२ बजे सर्वोच्च आउने समय भएपनि जबरा ११ बज्नै लाग्दा मूल गेटको साटो एक नम्बर गेटबाट सर्वोच्च अदालत प्रवेश गर्नुभएको हो ।
सुरक्षाकर्मीहरुले स्कर्टिङ गर्दै राणालाई सर्वाेच्च प्रवेश गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्