२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सर्वोच्चको गेटमा बारको धर्ना, प्रधानन्यायाधीशलाई दिइएन मूल गेटबाट छिर्न


0
Shares

काठमाडौं, कात्तिक २६ । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउँदै मूल गेटमा धर्ना दिएको छ ।

बारका पदाधिकारीहरुलाई सर्वोच्च अदालत परिसरमै बिहीबार प्रहरी हस्तक्षेप गरेको विरोधमा शुक्रबार कानून व्यवसायीहरु धर्नामा बसेका छन् । मूल गेटमा वकीलहरुले धर्ना दिएपछि प्रधानन्यायाधीश राणा अर्काे गेट प्रयाेग गरेर सर्वाेच्च छिर्नु परेकाे थियाे ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै बारको नेतृत्वमा कानून व्यवसायी आन्दोलित छन् । सर्वोच्च अदालत परिसरमा ठूलो संख्यामा कानून व्यवसायी उपस्थित छन् । सर्वोच्चको गेटमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ ।