२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


सुनको मूल्यमा गिरावट


0
Shares

काठमाडौं, कात्तिक २३ । सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला दुई सयले घटेर ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ । सुन सोमबार प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ रहेको छ । यसको मूल्य सोमबार प्रतितोला ९२ हजार तोकिएको थियो ।

महासङ्घका अनुसार मंगलबार चाँदीको मूल्य स्थिर छ । चाँदी सोमबार प्रतितोला रु. एक हजार २५० मा कारोबार भएको थियो ।