२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मझुवा बस्ती ओझेलमा


0
Shares

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी नजिकै रहेको मझुवा बस्ती यातायातको अभावमा ओझेलमा परेको छ ।

मझुवा नागीसम्मको आवागमनका लागि यातायात संचालन हुन नसक्दा स्थानीयले लामो समयदेखि सास्ती भोग्दै आउनु परेको छ ।

हिउँदमा यातायातका साधन संचालन हुने गरे पनि वर्षाको समयमा सडकमा पहिरो जाँदा आवागमन, तरकारीलगायत स्थानीय उत्पादनलाई सिन्धुलीमाडी बजारसम्म ढुवानी गर्न समस्या हुने गरेको छ ।

सिन्धुलीमाढीबाट २८ किलोमिटरको दुरीमा रहेको मझुवा नागी अन्न तथा तरकारी उत्पादनका लागि सिन्धुुली जिल्लाकै भण्डार मानिन्छ ।