काठमाडौं, पुस २७ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकले सभामुख निर्वाचनको कार्यतालिका गराउने तयारी भए पनि बैठक बस्नेबारे नै अन्योल छ ।
अन्योलका कारण सचिवालयले बैठकको सम्भावित कार्यसूची नै तयार पारेको छैन । यसअघि दुईपटकसम्म सभामुख चयन गर्ने गरी कार्यतालिका तय गरिएको थियो ।
तर, सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसकेपछि पुस ११ र १६ गते बोलाइएको संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।
नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसकेपछि सभामुख चयन प्रक्रिया नै अन्योलमा छ ।
सभामुखको चुनावी प्रक्रिया सुरु भए संविधानको व्यवस्थाअनुसार नेकपाले सभामुखमा उम्मेदवार दिन पाउने छैन ।









प्रतिक्रिया दिनुहोस्