Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


तिहारमा ढुक्कसँग झिलिमिली बनाउनुस्, बत्ती जाँदैन– कुलमान घिसिङ


0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताउनुभएको छ ।

मंगलबार नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै प्रवन्ध निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताउनुभएको हो । उहाँले यस वर्षको तिहारमा करिव १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको बताउनुभयो ।

प्रवन्ध निर्देशक घिसिङले अहिले कुलेखानीको विद्युत खेर गइरहेको बताउँदै प्रशारणको कारणले तिहारमा कतै पनि विद्युतको अभाव नहुने बताउनुभयो । उहाँले आम नागरिक तथा उपभोक्ताहरुलाई ढुक्कसँग विद्युत चलाउन आग्रह गर्नुभयो ।

प्रवन्ध निर्देशक घिसिङले भन्नुभयो, ‘यो तिहारमा हामीले १५ सय मोगावाट भन्दा बढी एक्सपोज गरेका छैनौं, हामीसँग जेनेरेशन अहिले सम्मको करिव २ हजार प्लस मेगावाटमा हामी जलविद्युत मात्रै उत्पादन जडित क्षमता छ, १५, १६ सय जलविद्युत अप्रेशनमा छौं, कुलेखानी चलाउनु परेको छैन, कुलेखानी पनि खेर गइरहेको छ ।’

उहाँले थप्नुभयो, ‘दिउँसो करिव २ सय र राति ५ सय मेगावाट हामी सप्लाइमा छौं, त्यो भएकोले तिहारको लागि लोड अनुसारको आपूर्ति धेरै बढी छ, कुनै समस्या हुँदैन, बत्तिका काट्ने, लोडसेडिङ गर्ने कुनै अवस्था छैन सप्लाइको कारणले, ढुक्ककासाथ जति पनि तिहार मनाउँदालाई लाइटिङ सिस्टम राख्नुपर्ने हो, इक्वीपमेन्ट चलाउँदा पनि हामीलाई असर पर्दैन, सबै आम नागरिक, उपभोक्ताले निर्धक्कका साथ तिहारमा झिलिमिली गर्दा हुन्छ ।’

प्रवन्ध निर्देशक घिसिङले समय समयमा बत्ती जाने गरेको समस्यालाई गम्भीरताका साथ लिएको बताउँदै वितरण प्रणालीमा व्यापक सुधार गर्ने बताउनुभयो । उहाँले ट्रान्सफर्मरको समस्या धेरै रहेको र अब तत्काल त्यसको समाधान हुने बताउनुभयो ।

प्रवन्ध निर्देशक घिसिङले भरपर्दो विद्युत कसरी दिने भन्ने अबको चुनौति रहेको बताउँदै अब देशभर स्मार्ट चार्जिङ स्टेशन राख्ने बताउनुभयो ।