
काठमाडौं, कात्तिक १५ । शंकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, टीभीएस मोटर कम्पनीको नेपाली युवा लक्षित १२५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ ।
यसमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, यो श्रेणीमै पहिलो पटक अन्डर सिट स्टोरेज जस्ता सुविधापनि उपलब्ध रहेको जनाइएको छ ।
जगदम्बा मोटर्सले आजैकाबाट नयाँ टीभीएस रेडरका लागि बुकिंग खुल्ला गरिएको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्