 
	    डडेल्धुरा, कात्तिक १५ । नेकपा एमाले डडेल्धुराले स्थानीय तहको अधिवेशनहरु सुरु गरेको छ ।
जिल्लाका ५१ वटै वडामा अधिवेशन सम्पन्न गरेको एमालेले गाँउपालिका र नगरपालिका अधिवेशन सुरु गरेको हो ।
पार्टी फुटपछिको पहिलो वडा अधिवेशनमा जिल्लाका सम्पुर्ण संगठित नेता कार्यकर्ताहरुलाई सक्रिय सहभागि गराई अधिवेशन गर्न लागिएको जिल्ला कमिटिले जनाएको छ ।
क्रियाशील सदस्यताको विवादका कारण नेपाली कांग्रेसको स्थानीय तथा जिल्ला अधिवेशनहरु स्थगित भएका बेला प्रतिपक्ष दल एमालेको स्थानीय तहको अधिवेशनहरुले जिल्लामा राजनीतिक सरगर्मी बढाएको छ ।
नौ सय संगठित सदस्य रहेको एमाले डडेल्धुरामा एक वर्षको अबधिमा तीन हजार दुई सय संगठित सदस्यता थपिएको जनाएको छ । अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको संख्या बढेको भन्दै आगामी निर्वाचनमा जिल्लामा एमाले पहिलो शक्ति बन्ने कार्यकर्ताको दावी छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्