४ असार २०८२, बुधबार | Wed Jun 18 2025


सडक विस्तारमा विवाद, निर्माणका काम अलपत्र


0
Shares

सागर महत

अर्घाखाँची । कपिलवस्तुबाट अर्घाखाँची हुँदै बाग्लुङको ढोरपाटन जोड्ने सडकमा विवाद उत्पन्न हुँदा निर्माणको काम अलपत्र परेको छ । सन्धिखर्कस्थित चुत्राबेशी बजारमा बाटो अघि बढाउने निकास नदिएका कारण राष्ट्रिय योजनामा परेको उक्त सडक निर्माण अवरुद्ध बनेको हो। १२ वर्षअघिदेखि निर्माण सुरु गरिएको सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजनाले सन्धिखर्कमा विवाद हुँदा अपेक्षित रुपमा गति लिन सकिरहेको छैन ।

५ सय मिटर क्षेत्रफलमा रहेका घरघडेरी मासिने भन्दै स्थानीयले चर्को विरोध जनाएपछि काम अगाडि बढाउन दिएका थिएनन् । अहिले घरघडेरी वालालाइ नै बाटोको निकास नहुँदा थप चिन्ता बढ्दै गएको छ । न त घर बनाउन सकेका छन् न त घडेरी बेच्न नै सकेका छन् । रोजगारीको लागि भारत लगायतका क्षेत्रमा काम गरि घडेरी जोडेर बास बस्नको लागि टिनको छानो राखियो । यहि पनि कति बेला जान्छ भनेर चिन्ता मात्र लाग्ने गरेको सन्धिखर्क नगरपालिका वडा नम्बर २ कि लालसरा पौडे्लको भनाइ छ । ‘न त घर बनाउन सकेका छौं न त घडेरी बेच्न उहाँले भन्नुभयाे ‘तपाइँहरुले निर्णय गरिदिनुस त्यसपछि हामीलाई चित्त बुझे त्यहि अनुसार अगाडि बढौँला नभए फेरी छलफल गरौँला ।’

चुत्रावेशी बजारमा ट्रयाक खोल्न सरकारी पक्ष र स्थानीयबीच पटकपटक भएका छलफल र बैठक बिना निष्कर्ष टुंगिएको छ । यता पछिल्लो केहि वर्ष यता छलफलहरु कम मात्रामा भएका छन । अहिले पीडितहरुले उचित क्षतिपुर्तिको व्यवस्था मिलाएर काम सुरु गर्दा राम्रो हुने र छिटोभन्दा छिटो यसको समधान भएमा स्थानीय खुशी हुने माग गर्दैै आएको ढोरपाटन सडक संघर्ष समितिका पूर्व अध्यक्ष रामहरी भुसालको भनाइ छ । पीडीतलाई क्षतिपूर्तिको व्यवस्था मिलाएर काम सुरु गर्दा राम्रो हुने र छिटो भन्दा छिटो यसको समाधान भएमा खुशी हुने उहाँले बताउनुभयाे ।

बाग्लुंगको ढोरपाटनसम्म सडकको लम्बाइ करिव १ सय ९७ किलोमिटर छ । डिपिआर अनुसार सडक निर्माणको लागि कुल ७ अर्ब ५० करोड लगानीमा सडक सम्पन्न हुने बताइएको छ । जसमध्ये हाल सम्म २ अर्ब ५० करोडको काम भैसकेको छ । ढोरपाटनसम्म ट्रयाक खोल्ने काम सकिए पनि सन्धिखर्कमा उत्पन्न विवाद यसको उल्झन बनेको छ । यहाँको राजनीतिक दलको सहमतीमा स्थानीय संग समन्वय भएमा चुत्रावेशी बजारमा देखिएकोे समस्या छिट्टै निष्कर्षमा पुग्ने आयोजना प्रमुख विरेन्द्र प्रसादले बताउनुभयाे ।

हाल सम्म सडकको ९ किलोमिटर सडक पिच भएको छ । यो आर्थिक वर्षमा बलेबाङ देखि फुदबाङ सम्म ९ किलोमिटर र पाल्पाको कन्चनखोलादेखी खुर्साने सम्म १३ किमी पिच हुने बताइएको छ भने बागलुङको बुर्तिबाङ क्षेत्रमा २२ किलोमिटर बहुवर्षिय ग्राबेलको ठेक्का भएको छ । यस्तै खुर्साने देखि मैदान सम्म पनि बहुवर्षिय योजनामा काम अगाडी बढेको जनाएको छ । यसबाट अर्घाखाँची लगायतका जिल्लाको पर्यटन पवद्र्धन र आवतजावतमा सहज हुने धेरैको विश्वास छ । यस्तै असन्तुष्ट पक्षका आवाज सम्बोधन गरेर निर्माणको गतिलाई तीव्रता दिन पहल गर्नुपर्ने देखिन्छ ।