
म्याग्दी, साउन १८ । म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी शुक्रबार नदीमा खस्दा दुईजना बेपत्ता भएका छन् ।
बेनीस्थित जिल्ला प्रहरी कार्यालयपछाडिको बहुद्देश्यीय खेलमैदानबाट ध१ज २५१ नम्बरको ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका बगरफाँटकी ३० वर्षीया शोभा अधिकारी खाती र उनका ८ वर्षीय छोरा सागर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
अधिकारीले छोरालाई सँगै राखेर ट्याक्सी सिक्नेक्रममा खेलमैदानको डिलबाट नदीमा खसेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।
बेपत्ता ट्याक्सी र अधिकारी आमा–छोराको खोजीमा प्रहरी तथा स्थानीय बासिन्दा परिचालन भएपनि अझै नभेटिएको प्रहरी नायब उपरीक्षक बुढाले बताए ।
नदीले बगाएको ट्याक्सी बेनी ड्राइभिङ इन्स्टिच्यूटको हो । इन्स्टिच्यूटका सन्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्