काठमाडौं, पुस २४ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पुनर्गठन राजनीतिक भागबन्डाका आधारमा हुने बताएका छन् ।
मन्त्रिपरिषद्को यही पुस २१ गते बसेको बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सन्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले प्रमुख प्रतिपक्ष दलकोसमेत सहमतिमा आयोगहरुको पुनर्गठन गरिने बताए ।
त्यसक्रममा मन्त्री बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेका विभिन्न १४ ओटा निर्णयहरु सार्वजनिक गरेका थिए ।
यो पनि पढ्नोस्
यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय









प्रतिक्रिया दिनुहोस्