काठमाडौं । नेपाली काँग्रेसको संस्थापनइतर पक्षले बोलाएको जिल्ला सभापतिहरुको भेला बुधबार पनि सकिएको छैन ।
पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सहभागि जिल्ला सभापतिहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । उनीहरुले शीर्ष नेतृत्वबाटै गुट–उपगुटको अन्त्य गर्न सुझाव दिएका छन् ।
जिल्ला सभापतिहरुले पार्टीका शीर्ष नेताहरुकै कारण केन्द्रदेखि स्थानीय तहसम्म गुटउपगुट झांगिएको भन्दै सच्चिन आग्रह गरेका हुन् ।
उनीहरुले पार्टी विधि र विधान विपरित निर्णय गर्ने पार्टी सभापतिविरुद्ध एकजुट हुनुपर्ने धारणा राखेका छन् ।
जिल्ला सभापतिहरुले सभापति देउवाको कदमविरुद्ध एक जुट भएर अघि बढ्न संस्थापन इतर पक्षका नेताहरुलाई सुझाव दिएका हुन् ।
तर, केही जिल्ला सभापतिहरुले संस्थापनसंगै इतर पक्षका नेताहरुको पनि कमजोरी भएकाले दुर्वै पक्ष सच्चिएर जानुको विकल्प नरहेको धारणा राखेका छन् ।
उनीहरुले नेताहरु एकजुट नहुँदा सभापति देउवा एकलौटी ढंगबाट अघि बढेको भन्दै आगामी महाधिवेसनमा नेतृत्वका लामि प्रतिष्पर्धा गर्ने नेता अहिले नै घोषणा गर्नुपर्ने सुझाव दिएका छन् ।
यसैबीच, काँग्रेस सभापति शेरबहादुर देउवाले राजधानीमा भेला भएका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुसंग भोलि(बिहीबार) लञ्च मिटिङ गर्ने भएका छन् । सभापतिहरुले बिहान १० बजे देउवासँग भेट्ने कार्यक्रम तय भएको छ ।









प्रतिक्रिया दिनुहोस्