२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


गुडिरहेका यात्रुबसमा एक्कासी आगलागी


0
Shares

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत गजुरी बजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ ।

सुर्खेतबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

छत्तीस जना यात्रु रहेको बसमा सवार सबै यात्रु सकुशल रहेपनि सामान भने जलेर नष्ट भएको छ । बसको इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।