३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


माओवादी केन्द्रको ३२ विभागका प्रमुख टुंगो, खानेपानी विभाग बिना मगरलाई


0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विभाग र प्रतिष्ठानको प्रमुखको टुंगो लगाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुंगो लगाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन, उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभागका प्रमुखमा मातृकाप्रसाद यादव, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, कोष तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, खानेपानी तथा सरसफाइ विभागको प्रमुखमा बिना मगर रहनुभएको छ ।

यस्तै जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, प्रचारप्रसार तथा प्रकाशन विभागमा कृष्णबहादुर महरा, प्रादेशिक मामिला विभागको प्रमुखमा परशुराम तामाङ चयन हुनुभएको छ । स्कुल विभागमा प्रमुख गिरिराजमणि पोखरेल तोकिएको छ । स्कुल विभागको इन्चार्जमा अध्यक्ष पुष्पकमल दाहाललाई तोकिएको छ ।

सबै विभागमा बढीमा ३५ जना सदस्य रहनेछन् । बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको पनि गठन गरेको छ । बैठकले डिलाराम आचार्यको संयोजकत्वमा १ सय ७५ सदस्यीय सम्पर्क समितिसमेत गठन गरेको छ ।