
रसुवा । चिनियाँ कम्पनीका प्राविधिक नआएका कारण रसुवाको आमाछोदिङ्मो गाँउपालिकामा निर्माणाधिन तल्लो साञ्जेन जलविद्युत आयोजानको संरचनाको काममा ढीलाई भएको छ ।
निमार्णको काम अन्तिम चरणमा पुगेपनि प्राविधिकको कारण विद्युत गृहभित्र कामको जिम्मा लिएको डिइसी नामक रण जडानको काम सुरु हुन सकेको छैन । यता, ४२ दशमलव पाँच मेगावाट क्षमताको आयोजनाको विद्युतगृहमा पानी ल्याउने सुरूङमा कंक्रीट राख्ने कार्य रसुरूङमा पाइप राख्ने काम भने भइरहेको आयोजनाले जनाएको छ ।
हाल सम्म संरचना निर्माणको ८४ प्रतिशत पूरा भएको छ । सन् २०१३ बाट निमार्ण कार्य थालिएको उत्त आयोजनाले तीन हजार ६ सय ३० मिटर हेडरेस् सुरुङ, एक हजार ५१ मिटर उचाइको सर्ज ट्याङ्क, ४ सय ७८ मीटर पेनस्टक सुरूङ तथा विद्युतगृह समेत निर्माण सम्पन्न गरिसकेको छ ।
उक्त विद्युत् आयोजना सम्पन्न गर्न प्रतिमेगावाट १२ करोड ६३ लाख रुपैयाँ खर्च हुने लागत अनुमान गरिएको आयोजना प्रमुख अर्पणबहादुर सिंहले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्