काठमाडौं, पुस २० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले पुस २३ का लागि बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक माघ १५ मा बस्ने गरी स्थगित गरेको हो ।
यसअघि बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो । पार्टी एकीरणमा केन्द्रीय सदस्य पदको सपथ ग्रहणका लागि बसेयता नेकपा केन्द्रीय कमिटी बैठक बस्न सकेको थिएन ।
पार्टी स्थायी कमिटी बैठकमा नै सरकारको आलोचना बढेपछि रुष्ट रहेका प्रधानमन्त्री केपी ओली अहिले केन्द्रीय कमिटी बैठक गर्ने पक्षमा नरहेको बताइएको छ ।
अर्का अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी भूमिका पाएपछि बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बोलाएको थियो ।
बैठकमा सबै नेताहरु सहभागी नभएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईले जानकारी दिए ।
आजको बैठकमा सभामुख निर्वाचनको विषयमा भने कुनै छलफल नै नभएको बजगाईले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्