Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


खण्डहरमा परिणत भयो बेलायती ढाँचामा बनाइएको ‘स्टेट हल’ (भिडियो)


0
Shares

काठमाडौं, साउन १८ । कुनै बेला शासकहरुको शान र मान देखाउने सिंहदरवारभित्रको स्टेट हल अहिले रद्दीको टोकरी झै बनेको छ ।

उसै त जीर्ण बन्दै गएको सिंहदरवारको भवन, त्यसमाथि चार वर्षअघिको भुईचालोबाट थिलथिलो भएको संरचना । त्यही अस्तित्वको खोजीमा छ यो स्टेट हल ।

करिब पौने दुई सय वर्षअघि बनाइएको तर एउटा युग र सभ्यताको कालीगढीको चिनारी हो राणाकालीन सिंहदरवार । त्यही भित्र रहेको छ, स्टेट हल अर्थात बेलायती बैठक ।

श्री ३ महाराज चन्द्र शमशेरले बनाउन लगाएर पछि दुई करोड रुपैयाँमा नेपाल सरकारलाई बेचेको यही दरबारभित्र रहेको बेलायती बैठक त्यस यताका थुप्रै सरकार प्रमुखले प्रयोगमा ल्याए । पछिल्ला वर्षमा यसको प्रयोग कम हुँदै त गएकै थियो ।

तर २०७२ सालको भुईचालो पछि त यो अस्तित्व नै संकटमा परेको छ । बेलायती ढाँचामा तयार पारिएको बैठकमा राखिएको अनौठो ऐना यसको विशेष विशेषता मानिन्थ्यो । यस अगाडी उभिएर राणा प्रधानमन्त्रीहरु हाँस्ने र ख्याल ठट्टा गर्दथे भनिन्थ्यो ।

यस्तै क्रिस्टलको यो घडी अनि बहुमूल्य ह्याङ्गिङ लाईट्ससहितका पार्टपुर्जा सबै बेलायती । कुनै बेला यस बैठक कक्षमा प्रवेश गर्दा बेलायतकै कुनै आलिशान महल अनि त्यहाँको बैठक कक्षमा पुगेको हो कि भन्ने भान पार्ने यो बैठक कक्षमा अहिले भित्र पस्दा कुनै भूतघर वा खण्डहरमा प्रवेश गरेझै हुन्छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्

Skip This