काठमाडौं, साउन १८ । प्रतिनिधिसभा सदस्य निरुदेवी पाललाई मंगलबार साँझ कञ्चटमा पेस्तोल ताकेको घटनामा अनुसन्धान गर्न काठमाडौं प्रहरीले शंकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘बुधबार साँझदेखि खटिएको प्रहरीले ७५ जनालाई नियन्त्रणमा लिएको छ, थप अनुसन्धान हुँदैछ,’ महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख विश्वराज पोखरेलले भने ।
सांसद पालले साउन १५ गते साँझ दूध किनेर फर्कदै गर्दा आफूलाई पेस्तोल देखाएर तर्साउने काम भएको भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेकी थिइन् । –नागरिक दैनिकबाट










प्रतिक्रिया दिनुहोस्