
लक्ष्मीप्रसाद सापकोटा (इमेज)
पर्वत, साउन १७ । पर्वतको कुश्मा नगरपालिका–९, कटुवाचौपारीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
किराना पसलको सामान बोकेर पर्वतकै फलेवास नगरपालिका वडा नम्बर–२, थापाठाना जाँदै गरेको ग१त २८२२ नम्बरको ट्रयाक्टर बिहीबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा परी बागलुङको बागलुङ नगरपालिका वडा नम्बर–१३, बलेवाका १६ वर्षीय कमल नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक नेपालीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।
दुर्घटनामा परी घाइते भएका बलेवाकै २१ वर्षीय विवेक नेपालीको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ ।
ट्रयाक्टरका चालक बागलुङ नगरपालिका–१३ कै २९ वर्षीय डोलेन्द्र नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘ओभरलोड’सहित तीव्रगतिमा रहेको ट्रयाक्टर गति नियन्त्रण नहुँदा सडककै नालीमा पल्टिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्