Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


नेकपा सचिवालय बैठकमा आज यी विषयमा छलफल हुने


0
Shares

काठमाडौं, पुस १७ । सत्तारुढ नेकपाको सचिवालय बैठक आज अपराह्न बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सभामुख चयन, राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

त्यसैगरिे बैठकले प्रदेश १ र ५ को नाम र राजधानी बारे निर्णय गर्ने संभावना रहेको छ । १३ पुसमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा रहने निर्णय गरेर प्रदेश सभालाई त्यसै अनुसार गर्न निर्देशन गरेको थियो ।

सभामुख बारे अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमती नजुट्दा संसद बैठक दुई पटक सूचना टाँस गरेर स्थगित गरिएको छ । नेकपामा नयाँ सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन ।

त्यसैगरी बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका विषयमा पनि छलफल हुने बताइएको छ ।