
कन्चनपुर, पुस १५ । महेन्द्रनगरमा आयोजित दोस्रो जैविक धार्मिक पर्यटनमार्ग हाफ म्याराथनकोे उपाधि नेपाली सेनाका जितेन्द्र दनुवारले जितेका छन् ।
श्रीनाथ गणका दनुवारले एक घन्टा ७ मिनेटमा निर्धारित् २१.५ किमि दूरी पार गर्दै उपाधि जितेका हुन् ।
सेनाकै कालीदल गणका जवान श्रीकास राई दोस्रो र खड्क दल गणका शिवबहादुर रायमाझी तेस्रो भए ।
मंगलबार सम्पन्न प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
महिलातर्फ पुष्पा पहिलो
महिलातर्फ पुष्पा पाण्डेले उपाधि जित्दा सेनाकी लक्ष्मी सुनार दोस्रो र सेनाकै पुष्पा चन्द तेस्रो भइन् ।
उनीहरुले क्रमशः २० हजार, १५ हजार र १२ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस्