Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


परराष्ट्रमन्त्री खड्काविरुद्धको मुद्दामा कारण देखाउ आदेश


0
Shares

काठमाडौं, असोज १७ । सर्वोच्च अदालतले परराष्ट्रमन्त्री नारायण खड्काविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधिश आनन्दमोहन भट्टराईको एकल इजलासले परराष्ट्रमन्त्री खड्काको शपथ बदर गर्नुपर्ने माग गरी दायर गरेको रिटमाथि सुनुवाई गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश जारि गर्र्दैै सो मुद्दा अग्राधिकारमा राख्ने निर्णय गरेको छ ।

असोज १२ गते अधिवक्ता अधिवक्ता विशाल न्यौपानेले परराष्ट्रमन्त्री खड्कालाई कुनैपनि कानूनी व्यवस्था नगरी पद तथा गोपनीयताको शपथ गराइएको भन्दै गैरसंवैधानिक शपथ बदर गरी शपथसम्बन्धी कानून निर्माण गरेर मात्र शपथ गराउनु भनी विपक्षीको नाममा अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो ।

यस्तै रिट निवेदनमा पाष्ट्रमन्त्री खड्कालाई मुद्दाको टुङ्गो नलागेसम्म परराष्ट्रमन्त्रीको हैसियतमा काम गर्न नगराउन अन्तरिम आदेश माग गरिएको थियो ।