११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


चेल्सीद्वारा आर्सनल पराजित, लिभरपुल र म्यान्चेस्टर सिटी विजयी


0
Shares

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई हराएको छ ।

गएराती आर्सनलको मैदानमा भएको लण्डन डर्बीमा चेल्सी २–१ ले विजयी भयो । खेलमा आर्सनलका पिएरे एमरिक औबामायङ्गले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिए ।

तर दोस्रो हाफको अन्तिम ७ मिनेटमा चेल्सीका जर्जीनो र ट्यामी अब्राहमले एक एक गोल गर्दै चेल्सीलाई विजयी गराए ।

प्रिमियर लिगकै अर्को खेलमा लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हरायो । लिभरपुलको जितमा सादियो मानेले निर्णायक गोल गरे ।

गएराती म्यान्चेस्टर सिटीले शेफिल्ड युनाईटेडलाई २–० ले पराजित गर्‍यो । म्यान सिटीको जितमा सर्जियो अगुएरो र केभिन डे ब्रायनले एक एक गोल गरे ।

गएरातीका खेलहरुपछि इंग्लीश प्रिमियर लिग फुटबलको अंक तालिकामा १९ खेलबाट ५५ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा छ ।

एक खेल बढी खेलेको लेष्टर सिटी ४२ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको म्यान सिटीको ४१ तथा चौथो स्थानको चेल्सीको ३५ अंक छ ।